सकम्बरी गीतकी मोडल कसुमको फिल्ममा डेब्यू

सकम्बरी गीतकी मोडल कसुमको फिल्ममा डेब्यू

काठमाडौँ –  गायक प्रकाश सपुतको पछिल्लो गीत ‘सकम्बरी’मा अभिनय गरेर चर्चामा आएकी मोडल कुसुम शर्माले फिल्ममा डेब्यू गर्ने भएकी छिन् । कुसुमले डेब्यू फिल्ममा अभिनेता आर्यन सिग्देलसँग जोडी बाँध्ने पक्का भएको छ।

दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘सञ्जिवनी’ मार्फत कुसुमले चलचित्र नगरीमा डेब्यू गर्ने भएकी हुन्। निर्देशक श्रेष्ठले फिल्मको पोस्टर सार्वजनिक गर्दैै कुसुमको फिल्मी यात्राका बारेमा बताउनुभएको छ ।

फिल्ममा कुसुम र आर्यनले शिर्ष भूमिका निर्वाह गर्ने छन् । यी दुईका साथमा श्रद्धा क्षेत्री, अर्जुन श्रेष्ठ, अन्सुया श्रेष्ठले पनि शिर्ष भूमिका निर्वाह गर्नेछन् । फिल्ममा लभ स्टोरी कथा भन्ने निर्देशक श्रेष्ठले बताउनुभयो ।

प्रेममा उमेरले कस्तो प्रभाव पार्छ भन्ने कथा देखाउन खोजिएको फिल्म भदौबाट छायांकनमा जाने तयारीमा निर्माण टिम रहेको छ।

प्रतिक्रिया