स्वच्छ वातावरणमा बाँच्ने पाउने हक प्रत्याभूती दिलाउन आग्रह

स्वच्छ वातावरणमा बाँच्ने पाउने हक प्रत्याभूती दिलाउन आग्रह
सुन्नुहोस्

सामाजिक सवालका अलवा स्वच्छ वातावरणको सवालमा समेत काम गर्दै आएको सोसेक नेपालले प्रत्येक नागरिक स्वच्छ र स्वस्थ वातावरणमा बाँच्ने पाउने संविधान प्रदत्त मौलिक अधिकारको प्रत्याभूती दिलाउन नेपाल सरकारसंग आग्रह गरेको छ । 
आज सेप्टेम्बर ७ तारिक अर्थात निलो आकाशका लागि अन्तरराष्ट्रिय सफा दिवसको अवसरमा पारेर संस्थाका कार्यकारी निर्देशक हीरासिंह थापाद्वारा जारी विज्ञप्तीमा नेपालको संविधानको धारा ३० मा व्यवस्था गरिएको मौलिक हकको पूर्ण पालना गराउन आग्रह गरिएको छ ।  

१० दिन अघि अगस्त २९ तारिकका दिन यूनिभर्सिटी अफ सिकागोले सार्वजनिक गरेको हावाको स्वच्छता सम्वन्धी प्रतिवेदनमा नेपाल अतिजोखिमको तेश्रो स्थानमा रहेकोले जलवायु अनुकूलनका रणनीतिक योजना निर्माण गर्न र प्रभावकारी कार्यान्वयनको कार्ययोजना निर्माण गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।

वायु प्रदूषणबाट निम्याउने मस्तिष्कघात, फोक्सोको क्यान्सर लगायतका प्राणघातक रोगहरुबाट जोगाउन ऐन निर्माण, बृक्षारोपण तथा संरक्षण, कलकारखानादेखि विकास संरचना निर्माण गर्दा निस्कने धुवाँ–धुलो व्यवस्थापन, प्रभाकारी सचेतना कार्यक्रम र विद्युतीय सवारी साधनको उपयोग बढाउन सोसेक नेपालले उक्त विज्ञप्तीमा सरकारलाई सुझाव दिइएको छ । 

निलो आकाशका लागि अन्तरराष्ट्रिय सफा दिवसको यो वर्ष ‘स्वच्छ हावाको लागि सहकार्य’ नारा रहेको छ । सन् २०१९ डिसेम्वर १९ तारिकको दिन संयुक्त राष्ट्र संघको निर्णय अनुसार २०२० देखि सेप्टेम्बर ७ तारिकमा मनाउदै आउने क्रममा यो चौथो निलो आकाशका लागि अन्तरराष्ट्रिय सफा दिवस हो । 

प्रकृतिको स्वास्थ्य एवं परिस्थिकीय प्रणालीमा समेत अत्यन्त नकारात्मक प्रभाव पार्ने वायु प्रदूषणबाट जोगिने जलवायु अनुकूलनका काममा प्राथमिकता राख्न सबैमा सचेतना फैलाउन र राज्यका नागरिकस्को स्वास्थ्यप्रति जवाफदेहिता अभिबृद्धि गर्न यो दिवस मनाउन थालिएको हो । 

 

प्रतिक्रिया