सहयात्रा परियोजना तेश्रो चरण चामुण्डाबिन्द्रासैनीमा

सहयात्रा परियोजना तेश्रो चरण चामुण्डाबिन्द्रासैनीमा
सुन्नुहोस्

दैलेख – शिक्षा क्षेत्रमा सुधार गर्नको लागि दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा सहयात्रा तेस्रो परियोजना सञ्चालन गरिएको छ । शतप्रतिशत विद्यार्थी भर्नालाई नियमितता दिने, अपाङ्ग भएका बालबालिका लागि, घरमै शिक्षा दिन, शैक्षिक छात्रबृति शैक्षिक सामाग्री, बसाईलाई व्यवस्थित गर्न र शिक्षा क्षेत्रमा सुधार ल्याउन परियोजना सञ्चालन गरिएको हो । 

परियोजना र पालिकाले गुणस्तर पढाईका लागि नगरप्रमुख छात्रबृति कोष मार्फत गरिवीका कारण विद्यालय जान नसक्ने बालबालिका लागि सहयोग गरेर विद्यालय गई शिक्षा हासिल गर्न सहयोग पु¥याउने चामुण्डाविन्द्रासैनी नगरपालिकाका स्रोत शिक्षक तेजबहादुर शाहीले बताउनुभयो । 

‘परियोजनाले थप सहयोग गर्ने भएकाले अब गरिवीका कारण मैले पढन पाएन भनेर पछुतो मान्नु पर्ने समस्या समाधान हुन्छ । कोही विद्यालय भर्नामा छुटेका भए नजिकका अभिभावले पालिकालाई जानकारी दिनुहोला । गरिवीका कारण पढाई बञ्चित नहोस भन्नका लागि पालिकाले नगरप्रमुख छात्रबृति कोष बनाएको छ’ उहाँले भन्नुभयो । 

त्यसैगरी सहयात्रा तेस्रो परियोजनाका स्थानीय सरकार, नागरिक समाजमा क्षमता विकास गरेर बालबालिकाका विभिन्न विषय बस्तु कसरी पुरा गर्न सकिन्छ । कुनै पनि बालबालिका विद्यालय जान छुटेका छैनन् । गरिवी, हिंसा, वेवास्ता कारणले पछि छैनन भनेर कार्यक्रम समेटने गरेको शाहीले बताउनुभयो । 

वालसंरक्षण क्षेत्र, बालशासन यो कार्यक्रमको राहत र सहयोग होइन, साझेदारी गरेर अगाडि बढन सहकार्य गर्छ । पालिकाका सबै विद्यालय, वडा, स्वास्थ्य संस्था सँग मिलेर काम गर्छ । १८ बर्षमुनिका बालबालिकालाई समेटछ । यसको लागि पालिकाको तर्फबाट सक्रियता, सहभागिता, समझदारिता, आवश्यकता सिकाई अवसर बनोस् उहाँले भन्नुभयो । 

सहयात्रा परियोजना सोसेक नेपाल प्राविधिक समन्वयकर्ता मात्र हो पालिकाले आफैले सञ्चालन गर्ने सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताउनुभयो । ‘पालिकाले बनाउने नीति, नियम र ऐन अनुसार चल्ने भएकोले परियोजना पालिकाकै आफ्नो कार्यक्रम हो’ उहाँले भन्नुभयो । 

वालसंरक्षण, बालअधिकार, बालशासन शिक्षा क्षेत्रमा काम गर्ने योजना पालिकाले बनाएकाले यो पालिकाकै योजना हो, छुट्टै परियोजना नभएको जानकारी दिनुभयो । ‘हामीले पालिकाले ल्याएको योजनालाई सहयोग गर्न मात्र आएका हौं । हाम्रो काम नीति नियमको कार्यान्वयन गर्ने हो’ कार्यकारी निर्देशक थापाले प्रष्ट्याउनुभयो ।

परिचयात्मक कार्यक्रममा सोसेक नेपाल र सहयात्रा परियोजनाको बारे जानकारी दिदै सहयात्रा परियोजनाका कार्यक्रम निर्देशक नवराज बीसीले पालिकाका विभिन्न शाखाले सहयोग गरे मात्र परियोजनाको लक्ष्य पूरा वाल समृद्धि आउने बताउनुभयो । ‘शिक्षा क्षेत्रलाई सुधार गर्न विद्यार्थी, अभिभावक र शिक्षकको बराबरभुमिका हुन्छ । विद्यालय सुधार गर्न अपनत्व भावनाको विकास गर्नुपर्छ, सार्वजनिक संस्था र स्थललाई सुधार गर्न सकिन्छ’ बीसीले थप्नुभयो ।

कार्यक्रम समापन गर्दै चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगरप्रमुख गणेशकुमार शाहीले पालिकाले महिला र बालबालिकाबारे नीति कार्यविधि, ऐन बनाए पनि पूर्णता नभएको बताउनुभयो । पालिकामा विद्यालय भवन भएपनि पढाईमा गुणस्तर नभएको, शिक्षकमा क्षमता अभिवृद्धि नभएको र महिला र बालबालिकाको हितमा यो परियोजनाले महत्वपुर्ण अवसर मिलेको बताउनुभयो । 

अपांग बालबालिकालाई घरमै गएर पढाउने लक्ष्य भएकोले सबै बालबालिकाहरु शिक्षाको अवसर प्राप्त हुनेमा बिश्वास गरिएको छ । सहयात्रा परियोजनाको काम गुराँस गाउँपालिकामा सफल भएपछि कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सिकाईहरु प्रसार र उदाहरण दिने गरेको छ । 

परियोजनाले सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा चामुण्डाविन्द्रासैनी नगरपालिकामा पाँचबर्ष सम्मको अवधिमा ४ करोड ९१ लाख, किरण परियोजनाले ९ लाख ५० हजार र पहिलो कदम कार्यक्रमले ५६ लाख १४ हजार २९२ रुपैयाँ महिला बालबालिका, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका काम गर्ने क्रियाकलाप तय गरिएका बताइएको छ । 
 

प्रतिक्रिया