नारायण नपामा जातीय विभेद सवालमा अन्तरक्रिया

नारायण नपामा जातीय विभेद सवालमा अन्तरक्रिया

दैलेख – नारायण नगरपालिका र स्थानीय तह दलित जनप्रतिनिधि मञ्चको संयुक्त आयोजनामा नगर क्षेत्रमा जातीय विभेद समस्या सवालमा अन्तरक्रिया कार्यक्रम अभियान सञ्चालन भइरहका छन् । नगरपालिकाको सबै भन्दा टाढा सोमबार ११ नं. वडाबाट थालिएको अन्तरक्रियाहरु निरन्तरता दिइएको छ । 

सोमबार ११ नं. वडाको बिन्ध्यवासिनी र मंगलबार ९ नं. वडाको सालखर्कमा अन्तरक्रिया कार्यक्रमहरु दलित गैरदलित समुदायको मिश्रित सहभागितामा, विद्यालयका बालबालिकाहरु र शिक्षकहरु समेतको सहभागितामा जातीय विभेदका समस्या र समाधानका विषय छलफल भएको थिए । 

कार्यक्रमहरुमा वडा नं. ९ का वडाध्यक्ष महेन्द्रविक्रम खड्का र ११ नं. वडाका वडाध्यक्ष दिर्घबहादुर मल्लले जातीय विभेद र छुवाछूत समस्या हटाउन समुदाय, शिक्षक, बुद्धिजीबि, समाजका अगुवा, विद्यालयका बालबालिकाहरु समेतको क्रियाशीलता आवश्यकता औल्याउनुभएको थियो । 

दुइटै कार्यक्रममा नारायण नगरपालिकाका कार्यपालिका सदस्यहरु रत्ना नेपाली, लोकबहादुर नेपाली, जनप्रतिनिधिहरु, शिक्षक, अगुवाहरु समेतले जातीय विभेद सवाल र समाधान उपाय विषयमा बोल्नुभएको  थियो । 
दुइटै कार्यक्रम अधिकारकर्मी पत्रकार अमर सुनारले सामाजिक कुलचन, जातीय विभेद उन्मूलनका लागि समुदायको पहल सवाल र सालखर्कको काममा अधिकारकर्मी प्रेम भूर्तेलले जातीय विभेद विरुद्ध कानून व्यवस्था विषयमा सहजीकरण गर्नुभएको थियो । 

ती कार्यक्रमहरुमा नारायण नगरपालिकाका कार्यपालिका सदस्य एवं स्थानीय तह दलित जनप्रतिनिधि मञ्चका जिल्ला अध्यक्ष बखत नेपालीले जातीय विभेदको इतिहास र छुवाछूत मुक्त समाजका लागि दलितहरुको आर्थिक तथा सामाजिक उत्थान विषयमा सहजीकरण गर्नुभएको थियो । 

दुई वटा वडामा कार्यक्रमहरु सम्पन्न भएका अरु ९ वडाहरुका जातीय विभेद समस्या सवालमा अन्तरक्रिया कार्यक्रम अभियान सञ्चालन गरिने नारायण नगरपालिकाका कार्यपालिका सदस्य एवं स्थानीय तह दलित जनप्रतिनिधि मञ्चका जिल्ला अध्यक्ष बखत नेपालीले जानकारी दिनुभयो । 


 

प्रतिक्रिया