प्रशासन कार्यालयमै स्वास्थ्य सेवा

प्रशासन कार्यालयमै स्वास्थ्य सेवा
सुन्नुहोस्

दैलेख - प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले वैशाख ९ गतेदेखि हरेक दिन दिउँसो १ बजे सेवाग्राही भएकै ठाउँमा पुगेर जिल्ला प्रशासन कार्यालय दैलेखबाट दिइने सेवा सुन्तुष्टी बारे सुनुवाइ गर्न सुरु गर्नुभएको सेवाग्राहीसंग प्रमुख जिल्ला अधिकारी कार्यक्रममा मंगलबारदेखि सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण सेवा समेत थालिएको छ ।

सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण गर्ने र आवश्यक औषधि समेत निशुल्क उपलब्ध गराउन हरेक दिन दिउँसो १२ बजेदेखि २ बजेसम्म दैलेख जिल्ला अस्पतालका स्वास्थ्यकर्मी खटिने जानकारी दिइएको छ । सेवाग्राहीहरुलाई सामान्य स्वास्थ्य समस्याहरु उपचार र सल्लाह उपलब्ध गराउन स्वास्थ्य परीक्षण सेवा थालिएको प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो । 
 

प्रतिक्रिया