कर्णालीका चार जना नवनियुक्त मन्त्रीले लिए सपथ

कर्णालीका चार जना नवनियुक्त मन्त्रीले लिए सपथ

         

सुर्खेत । कर्णाली प्रदेशका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त चार जना मन्त्रीलाई मंगलबार  प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् ।

प्रदेशका  भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्ग रावतले शपथ लिएका हुन् ।  

यस्तैगरि  राज्यमन्त्री गोमता विकले पनि शपथ लिएकी छन् ।  कृषि मन्त्रीमा नियुक्त भएका विनोद कुमार शाह भने शपथ ग्रहणमा उपस्थित भएका छैनन् ।

शाह गरे,शपथ ग्रहण बहिष्कार

कर्णाली प्रदेशका भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयमा नियुक्त भएका नेकपा एमालेका साँसद विनोद कुमार शाहले शपथ ग्रहणको कार्यक्रम बहिष्कार गरेका छन् । मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता यामलाल कँडेलले मंगलबार गरेको मन्त्री नियुक्तीमा असन्तुष्टि जनाउँदै साँसद शाहले शपथ ग्रहण बहिष्कार गरेका हुन् । शाहले सपथ ग्रहणलाई बहिष्कार गरेपछि कर्णाली प्रदेशमा एमालेमा गुटगत राजनिति कायमै रहेको सजिलै आँकलन गर्न सकिने एमालेका एक नेताले बताए ।

पार्टीभित्रै कचिङ्गलका कारण लामो समय मन्त्रिमण्डललाई पूर्णता नदिएका कँडेलले कानुन मन्त्रालय आफैसँग राखेर सरकार विस्तार गरपछि सत्तारुढ गठबन्धनमा तीन मन्त्रालय एमाले र चार मन्त्रालय माओवादीको भागमा परेको थियो ।

माओवादीले सोही आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, ऊर्जा तथा जलस्रोत मन्त्रीमा रणसिंह परियार, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही र दुर्ग रावतलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनायो ।

एमालेको भागमा भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि, व्यवस्था, कृषि तथा सहकारी र कानुन मन्त्रालय परेको थियो । मुख्यमन्त्री कँडेलले आफ्नो दलबाट शेरबहादुर बुढालाई भौतिक, विनोदकुमार शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिए । कानुन मन्त्रालय आफैसँग राखे । साथै मुख्यमन्त्री कँडेलले आफू निकट सांसद गोमता विकलाई राज्यमन्त्री बनाए । विक शाहकै निर्वाचन क्षेत्रबाट समानुपातिक साँसद हुन् ।

एमालेभित्र शाह र कँडेलबिच गुटगत राजनीतिक छ । शाहले आफूले चाहेको मन्त्रालय नपाएको भन्दै शपथ ग्रहण कार्यक्रम नै बहिस्कार गरेपछि एमालेभित्रको छताछुल्ल पारेर सतहमा आएको छ ।  

मुख्यमन्त्री कँडेलले पार्टी केन्द्रको निर्देशन विपरित मन्त्री नियुक्त गरेको,एकलौटी गर्न खोजेको र शपथ ग्रहण गर्ने बेलासम्म कुन मन्त्रालय हो भन्ने कुरा आफुलाई जानकारी नगराएकाले म गएन शाहले भने  । 

साँसद शाहका दिएको जानकारी अनुसार पार्टी केन्द्रले लिस्टसहित यो मन्त्रालयमा यो मान्छेलाई पठाउनु भनेर निर्देशन नै दिएको छ । पार्टी केन्द्रले दिएको निर्देशन अनुसार शाहलाई भौतिक पूर्वाधार तथा सहरी विकास, शेरबहादुर बुढालाई कानुन र सांसद दक्षिणा शाहीलाई कृषिमा पठाउन भनिएको छ ।  मुख्यमन्त्री कँडेलले केन्द्रको निर्देशन विपरीत मन्त्री बनाएको र अर्को वरियतामा ख्याल नगरेको शाहको भनाइ छ ।  मुख्य कुरा वरियताको हो ।शपथ ग्रहण हुन्जेलसम्म तिम्रो जिम्मा यो मन्त्रालय छ भनेर जानकारी दिइएन । मैले कुन मन्त्रालय हो भनेर सोधेँ, उहाँले शपथमा आऊ कुन मन्त्री हो त्यहीँ थाहा हुन्छ भन्ने जवाफ पाए । त्यसपछि उहाँले फोन उठाउनुभएन ।’ शाहले मन्त्री बनाउँदा एक शब्द पनि नसोधेर बनाइएको र दलभित्र कुनै छलफल नगरेको मुख्यमन्त्री कँडेललाई आरोप लगाएका छन् ।

सातवटा मन्त्रालय धेरै भएको भन्दै २०७९ मा उर्जा तथा जलश्रोत मन्त्रालय घटाउन लगाई मुख्यमन्त्री कँडेलले भौतिक मन्त्रालयमा गाभ्न लगाएका थिए । तर तिनै कँडेलले भने मंगलबार आफु निकट साँसद गोमता विकलाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् । कँडेलले शाहलाई कमजोर पार्न उनकै क्षेत्रकी सांसदलाई राज्यमन्त्री बनाए भने पार्टी केन्द्रले मन्त्री बनाउनु भनेकी सांसद दक्षिणा शाहीलाई मन्त्री बनाएनन् । शाही पार्टीको केन्द्रीय सदस्य समेत हुन् ।

प्रतिक्रिया