डा. केसी काठमाडौं आउन सहमत

काठमाडौँ – जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् ।प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएको बताइएको छ ।
अब केहीबेरमा उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गर्ने प्रहरीले जानकारी दिएको छ । यसअघि सरकारले डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । तर, डा. केसीका समर्थकहरुले काठमाडौंबाट गएको टोली र प्रहरीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका डा। केसीसम्म पुग्नै दिएका थिएनन् ।

न्यायको चौतारीमा हराइरहेका पीडितका आवाज

कहाँ खुले, कहाँ अवरुद्ध छन् राजमार्ग ?

जोखिममा रहेका वालवालिकालाई शैक्षिक सामाग्री सहयोग

दैलेखमा मनाइयो, अन्तराष्ट्रिय मानव बेचविखनविरुद्ध दिवस

धुवाँले निस्सासिएर दिदी बहिनीको मृत्यु,नवजात शिशुको अवस्था गम्भिर

प्रतिक्रिया