कृषि बालिविज्ञानको डिप्लोमा तहको कक्षा सुरु

कृषि बालिविज्ञानको डिप्लोमा तहको कक्षा सुरु

प्रविण शाही
दुल्लु असोज १६ ।

यहाँको भैरवी गाउँपालिका स्थित आदर्श माध्यमिक विद्यालय घुम्नेखालीमा कृषि बाली विज्ञान डिप्लोमा तहको पहिलो कक्षा संचालन भएको छ । “प्राविधिक शिक्षा आजको आवश्यकता” भन्ने मुल नाराका साथ भैरवी गाउँपालिका वडा नं. ६ स्थित आदर्श माध्यमिक विद्यालय घुम्नेखालीमा कार्यक्रम गरि कृषि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमी भक्तपुर द्धारा सम्बन्धन प्राप्त विद्यार्थीलाई स्वागत कार्यक्रम गरिएको छ ।
भैरबी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम आदर्श माध्यामिक विद्यालय घुम्नेखालीका प्रधानाध्यापक यज्ञ बहादुर सिंह स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया