अहिलेसम्मकै ठुलो राशीको भलिवल सुरु

अहिलेसम्मकै ठुलो राशीको भलिवल सुरु

ज्वाला सन्देश सम्वाददाता
दैलेख, असोज २९ – दैलेखमा अहिलेसम्मकै सवैभन्दा ठुलो धनराशीको पुरस्कार वितरणको भलिवल प्रतियोगिता सुरु भएको छ । दुल्लु यूथको आयोजनामा शुक्रवारदेखी दुल्लुको विजया उमाविमा भलिवल प्रतियोगितामा सुरु भएको हो ।bholi bal ee

bholi bal ee bhali bal
bhali bal
bhali bal

एक समाहरोकाविच उक्त बलिवल प्रतियोगिता उद्घाटन गरियो । उद्घाटन समाहरोहका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तिर्थनारायण श्रेष्ठले गरेका हुन् । दैलेखमा भलिवल प्रतियोगितामा ठुलो पुरस्कार राशी राखीएको पहिलो खेल भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
प्रथमलाई २५ हजार, द्धितियलाई २० हजार र तृतियलाई १५ हजार रुपैँया रहेको उक्त भलिवल प्रतियोगितामा ८ टिम सहभागी छन् । खेल २ गतेसम्म चल्ने आयोजक दुल्लु युथले जनाएको छ । उद्घाटन समाहरोहलाई प्रमुख अतिथि तिर्थनारायण श्रेष्ठले आगामी दिनमा दुल्लुमा खेल ब्यवस्थित खेल मैदानका लागि पहल गर्ने बताए । उद्घाटन कार्यक्रममा दुल्लु नगरपालिकाका कार्यकारी अधिकृत दिपेन्द्र शाही, ईलाका प्रशासन कार्यालयका प्रमुख गंगाराम गिरी, नेपाल महिला संघको सभापति सिता कुमारी राना, दुल्लु ईप्रकाका प्रहरी निरिक्षक हिक्मत थापा लगायत राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए ।

प्रतिक्रिया