अमेरिकी सीमा नजिकै भिडन्त: १४ को मृत्यु


मेक्सिको सिटी: मेक्सिकोमा प्रहरी र लागूऔषध तस्करबीच भिडन्त हुँदा तस्करीमा संलग्न १० जना हतियारधारी र चार प्रहरीको मृत्यु भएको छ ।
अमेरिकी सीमाक्षेत्र नजिकैको सहर भिल्ला युनियनमा यस्तो भिडन्त भएको हो । जुन सीमाक्षेत्रको सहर पिएद्रास निग्रासबाट ६५ किलोमिटर पर पर्छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीमाक्षेत्रमा आतंकवादी समूहका कारण द्धिपक्षीय तनाब बढेको बताएको भोलिपल्टै यस्तो भिडन्त भएको हो । प्रहरीसँग भिडन्त हुँदा हतियारधारी समूहले केही सवारी साधन समेत प्रयोग गरेका थिए ।

उत्तरी फिलिपिन्समा सडक दुर्घटना हुदाँ ११ जनाको मृत्यु

पहिलो पटक राष्ट्रपतिका उम्मेदवार बाइडेन र ट्रम्पबीच बहस

हतियार उपलब्ध नगराएको भन्दै अमेरिकाप्रति नेतान्याहु असन्तुष्ट

अफ्रिकी मुलुक मलावीका उपराष्ट्रपतिसहित नौ जना सवार जहाज बेपत्ता

भारतले चन्द्रमामा पठायो चन्द्रयान-३

प्रतिक्रिया