बेलायतबाट कोरोना संक्रमित नेपालीको सन्देश, ‘संक्रमण निकै पीडादायक छ, सावधानी अपनाउनुहोस्’


बेलायतः बेलायतमा रहेकी कोरोना भाइरस संक्रमित एक नेपाली महिलाले संक्रमण निकै पीडादायक रहेको र १३ दिनसम्म पनि निको हुने कुनै छाँटकाँट नदेखिएको भन्दै सावधानी अपनाउन आग्रह गरेकी छिन् ।
लमजुङ स्थायी घर भइ हाल लण्डनमा बस्दै आएकी भगवती रानाभाटले संक्रमण भएपछि आफू १० दिनसम्म सेल्फ आइसोलेसनमा बसेकी पनि उल्लेख गरेकी छन् । तर छिट्टै निको हुने सम्भावना नदेखिएको भन्दै सावधान रहन सबैलाई आग्रह गरेकी हुन् ।
उनले आफ्नो फेसबुकमा लेखेकी छिन्, ‘संक्रमणको पीडादायी अनुभव सामाजिक सञ्जाल फेसबुकमा राख्ने सोच थिएन् । तर कतै आफन्त र साथीभाईलाई संक्रमणले थप भयावह बनाउन सक्ने डरले सावधानी अपनाउन आग्रह गरेकी हुँ ।
‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड १९ सँग लड्दै !! यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँट्काटै छैन, फसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाइलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचेँ सबैले सावधानी अपनाउन सक्नुहुनेछ । हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु’, उनले लेखेकी छन् ।

उत्तरी फिलिपिन्समा सडक दुर्घटना हुदाँ ११ जनाको मृत्यु

पहिलो पटक राष्ट्रपतिका उम्मेदवार बाइडेन र ट्रम्पबीच बहस

हतियार उपलब्ध नगराएको भन्दै अमेरिकाप्रति नेतान्याहु असन्तुष्ट

अफ्रिकी मुलुक मलावीका उपराष्ट्रपतिसहित नौ जना सवार जहाज बेपत्ता

भारतले चन्द्रमामा पठायो चन्द्रयान-३

प्रतिक्रिया