छाउ कुप्रथाभित्रका व्यथा : पाठेघरकै समस्याले थलिन्छन् महिला

दैलेखमा छाउपडी प्रथा मुख्य समस्याका रूपमा रहँदै आएको छ । महिनावारी हुँदा होस् या सुत्केरी, छाउगोठमा बसेका बेला धेरै किशोरी तथा महिलाले ज्यान गुमाउने गरेका छन् । यही कुप्रथा हटाउने नाममा सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले ठूलो परिमाणमा बजेट खर्च गरिसकेका छन् । यद्यपि, कतिपय ठाउँमा महिलाले नै यो प्रथालाई अगाडि बढाउनुपर्छ भनेर नयाँ पुस्तालाई बार्नुपर्ने दबाब दिइरहेका छन् ।
दैलेख (जम्बुकाँध) ।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–६ मा निःशुल्क आयुर्वेद शिविर सम्पन्न भएको छ । शिविरबाट ५ सय भन्दा बढी सेवा लिएका छन् । स्वास्थ्य सेवा कार्यालय आयुर्वेदक शाखाले सञ्चालन गरेको एक दिन निःशुल्क शिविरमा ५ सय १२ जना भन्दा बढी सेवाग्राहीले सेवा लिएका हुन् ।
शिविरमा ग्यास्टिक, मधुमेह, दम, उच्चरक्तचाप, स्त्रीरोग, हाडजोर्नी दुख्ने निशुल्क रोग परिक्षण गरि औषधी वितरण गरिएको थियो । शिविरमा पुरुष भन्दा बढी महिलाले स्वास्थ्य परिक्षण गराएको आयुर्वेद शाखाका आ.स.प्राविधिक (कविराज) रामप्रसाद महत्तो बताए । एक दिनको शिविरमै यति धेरै नागरिक आउनुले आयुर्वेद औषधी प्रति जनताको विश्वास छ । ‘जनताको मन आयुर्वेद औषधीले जितेको छ, तर प्रचार प्रसार र जनचेतनाको कमीले गर्दा आयुर्वेदिकतिर आर्कषण घटेको हो छैन,’ उनले भने ।

शिविरमा आएका अधिकाँश विरामी मध्ये बाथरोग र पाठेघर समस्या भएका महिला आएको शाखाकी बैद्य रिताकुमारी शाहीले बताईन । उनले भनिन् ‘म महिला भएकै कारण सबै महिलाले खुलेर समस्या राखे, शिविरमा आएका महिला मध्ये ६० प्रतिशत महिलामा पाठेघरको समस्या देखिएको छ, योनीबाट सेतो पानी बग्ने,तल्लोपेट दुख्ने गरेका महिला बढी भेटिए, १६ बर्ष देखी माथिका सबै महिलामा यो समस्या छ, पश्चिमका महिला नछुने भएको बेला छाउगोठमा बस्ने, पोषणयुक्त खानेकुरा खानबाट बञ्चित हुने, गह्रो भारी बोक्ने कारण गर्दा समस्या आएको हो, यसको लागि स्थानीय सरकारले महिला केन्द्रित कार्यक्रम ल्याएर तत्काल उपचार चाल्नुपर्छ,’ शाहीले भनिन् ।
आयुर्वेदक शाखाका चिकित्सक प्रसन्न नेपालले शिविरमा ३ सय २६ जना महिला र १ सय ८६ जना पुरुषले परिक्षण गराएको जानकारी दिए । ‘हामीले गाउँ गाउँमा आयुर्वेदिक सम्बन्धित जानकारी र जनचेतना जगायौं भने अझै बढी मानिसहरु आयुर्वेदिक औषधीतिर आकर्षित हुनेछन्,’ उनले भने ‘गाउँ र टोलमा आयुर्वेदिक आमा समुह गठन गरेर औषधीको बारे जानकारी दिनुपर्छ, स्थानीय पाठयक्रममा समेत समावेश गरिनुपर्छ ।’
प्रतिक्रिया