कोरोनाबाट २७ जनाको मृत्यु

दैलेख : दैलेखमा कोरोना भाइरस (कोभिड–१९) का कारण २७ जनाको ज्यान गएको छ । बुधवार एक महिलाको मृत्युभएसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले जानकारी दिए ।
उनका अनुसार बुधवार नौमूले गाउँपालिका–२ का ६२ बर्षीया महिलाको मृत्यु भएको हो । ती महिलाको प्राथमिक स्वास्थ्य केन्द्र नौमूलेमा निधन भएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीले बताए ।
जिल्लामा हालसम्म ३ हजार ३ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भईसकेको छ । ती मध्ये ३ हजार १ सय ५१ जना कोरोनाका बिरामी निको भईसकेका छन् । बुधवारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या एक सय २६ जना छ । ती मध्ये ७ जना दैलेख अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् ।

कहाँ खुले, कहाँ अवरुद्ध छन् राजमार्ग ?

जोखिममा रहेका वालवालिकालाई शैक्षिक सामाग्री सहयोग

दैलेखमा मनाइयो, अन्तराष्ट्रिय मानव बेचविखनविरुद्ध दिवस

धुवाँले निस्सासिएर दिदी बहिनीको मृत्यु,नवजात शिशुको अवस्था गम्भिर

शैक्षिक विकास लागि प्रधानाध्यापकहरुले इच्छाशक्तिका साथ काम गर्न आग्रह

प्रतिक्रिया