राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेल पेटमा समस्या भएपछि शनिबार राति काठमाण्डौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको छ ।
दिउँसैदेखि पेटमा समस्या देखिएको प्राथमिक उपचारपछि पनि सुधार नआएपछि उहाँलाई अस्पताल भर्ना हुनुभएको हो ।
हाल उहाँलाई चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव सागर आचार्यले ज्वालासन्देशलाई जानकारी दिनुभयो ।
प्रतिक्रिया