हुम्लामा धुमधामका साथ मनाइयो गौरा पर्व
हरेक वर्ष भदौ र असोज महिनामा पर्ने गौरा पर्व ठकुरी समुदायकी महिलाले भारी गीत गाउने र पुरुषले ढाल तरबार नाच नाचेर मनाउने गरिन्छ।

सिमकोट– हिमाली जिल्ला हुम्लाको ठकुरी बस्तीमा महिलाहरूले गौरा (दुबाटु) पर्व धुमधामका साथ मनाइएको छ। हरेक वर्ष भदौ र असोज महिनामा पर्ने गौरा पर्व ठकुरी समुदायकी महिलाले भारी गीत गाउने र पुरुषले ढाल तरबार नाच नाचेर मनाउने गरिन्छ।
सिमकोट गाउँपालिका( ७ का जयबहादुर शाहीले यस पटक गौरा पर्व धुमधामका साथ मनाउने कार्य भएको बताउनुभयो । यो पर्व दुई दिन मनाइएको हो।
उहाँले पहिलो दिन गाउँको सार्वजनिक स्थानमा रहेको मन्दिरमा फुलपाती सहित गौरा भित्र्याउने र दोस्रो दिन पठाउने गरिएको बताउनुभयो । यसमा परम्परागत पहिरन र गहनामा सजिनु भएका महिलाहरुले मागल, चाड्ची, भारी, चुटकिला गाउँका सबै महिला मिलेर गाउने गरिन्छ भने दोस्रो दिन पुरुषहरु स्थानीय भेषभुषामा सजिएर ढाल तरवार नाच नाच्ने गरिन्छ।
रातभर भने महिला र पुरुष मिलेर देउडा गाउने गरिन्छ। सिमकोट, खार्पुनाथ, सर्केगार्ड, अदानचुली र ताँजाकोट गाउँपालिकाका बीसभन्दा बढी ठकुरी बस्तीमा गौरा पर्व मनाउने गरिन्छ। यो पर्व मनाउनका लागि जिल्ला बाहिर रहेका सदस्य समेत घर आउने गरिन्छ।
मीठा(मीठा परिकार पकाएर एक आपसमा मिलेर बाँढेर खाने चलन पनि भएको कारण यसको छुट्टै महत्व रहेको छ। परिवारका सदस्यहरुलाई एक सरो नयाँ कपडाको समेत ब्यवस्था गरिन्छ।

खार्पुनाथका वडा अध्यक्ष शाहीले गरे विद्यालयलाई शैक्षिक तथा खेल सामग्री सहयोग

हुम्लाको अदानचुलीका स्वास्थ्य संस्थामा बिरामीको चाप

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप

चङ्खेलीका वडाध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

गाउँपालिका अध्यक्षसँग बालबालिका सम्वाद

प्रतिक्रिया