नारयाणमा ‘सशक्त महिला समृद्ध नेपाल’ परियोजना

दैलेख – संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए)को साझेदारीमा सोसेक नेपालले ‘सशक्त महिला समृद्ध नेपाल’ (ईडब्लुपीएन) नामका परियोजना दैलेखको नारायण नगरपालिकाका १,२ र ३ नम्बर वडामा सञ्चालन गर्ने भएको छ । आज दैलेख सदरमुकाममा परियोजना परिचय कार्यक्रममा कार्यक्रम सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा परियोजनाले लैंगिक हिंसा रोकथाम र समताको सवाल बारे पैरबी गर्ने बताउनुभयो ।
कालिकोटको शुभकालिका गाउँपालिका वडा नं. १,२ र ३ अनि सुर्खेतको बीरेन्द्रनगर नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ संगै दैलेखको नारायण नगरपालिकाको वडा नं. १, २ र ३ मा सञ्चालन हुने सशक्त महिला समृद्ध नेपाल (ईडब्लुपीएन) परियोजनाले कार्यक्रम व्यवस्थापक हेमन्तीका गौतमले प्रकाश पार्नुभएको थियो ।
नारायण नगरपालिकाका मेयर लोमन शर्माको अध्यक्षतामा भएको परियोजना परिचयात्मक कार्यक्रमले ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम अन्तरगत जोडी सहजकर्ता, सामुदायिक सहजकर्ता लगायतका जनशक्ति पूर्ति गर्न नगरपालिकाले सूचना प्रकाशन गर्ने र छनौट गर्न सोसेक नेपाल र नगरपालिकाको समन्वयमा छनौट गर्ने निर्णय गरिएको छ ।
युरोपियन युनियन र सयुक्त राष्ट्र सघको सहयोगमा ‘सशक्त महिला समृद्ध नेपाल कार्यक्रम हानिकारक सामाजिक मान्यता परिवर्तन र लैंगिक हिंसा रोकथाम, महिलाहरुको आर्थिक शसक्तिकरण तथा लैंगिक हिंसा प्रतिकार्य महिलाहरुको नेतृत्व विकास र प्रतिनिधित्वका लागि नेपालको मधेश, कर्णाली र सुदुरपश्चिम गरी ३ वटा प्रदेशमा सञ्चालनमा छ ।
प्रतिक्रिया