नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउछौँ : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आवश्यक नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पर्यटनमन्त्री पाण्डेको स्वागतका लागि नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधार गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । उहाँले सार्वजनिक निजी साझेदारीको बोर्डलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्दै पर्यटनलाई चलायमान बनाउन निर्देशन दिनुभयो ।
नेपालमा पर्यटनको अथाहा सम्भावना रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले पर्यटनका लागि प्रकृतिले दिएको अद्धितीय सम्भावनाको सदुपयोग गर्दै नेपालको आर्थिक समृद्धिमा पर्यटनको योगदानलाई बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटनलाई थप चलायमान बनाउन अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति आवश्यक भएको बताउनुभयो ।
मन्त्री पाण्डेलाई पर्यटन मन्त्रालयका सचिव एवं बोर्डका अध्यक्ष डा गणेशप्रसाद पाण्डे, बोर्डका उपाध्यक्ष कमल सापकोटा, निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐर, बोर्ड सञ्चालक समिति सदस्यलगायतलले स्वागत गर्नुभएको थियो ।
बोर्डका निमित्त कार्यकारी प्रमुख ऐरले बोर्डको गतिविधिबारे जानकारी गराउदै कतिपय नीतिगत समस्याका कारण बोर्डले विदेशका आयोजना गरिने कार्यक्रम गर्न नसकेको बताउनुभयो । उहाँले नीतिगत तथा प्रक्रियागत सहजीकरण हुनासाथ विदेशमा गरिने कार्यक्रमलाई थप प्रभावकारी बनाउन सकिने भन्दै त्यसका लागि सहजीकरण गरिदिन मन्त्री पाण्डे समक्ष आग्रह गर्नुभयो ।

दैलेखको दुल्लुमा ट्याक्टर दुर्घटनामा परी गाडि चालक घाइते

कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छः परराष्ट्रमन्त्री डा राणा

दैलेखमा पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

दैलेखमा जग्गा विवादले लियो ज्यान, एक परिवारका तीन जना पक्राउ

बाल श्रम अन्त्यका लागि सबै सरोकारवालालाई ऐक्यबद्धताको आह्वान

प्रतिक्रिया