पहिरोमा घर पुरिँदा चारजनाको मृत्यु, दुई घाइते

तम्घास - गुल्मीको मुसिकोट नगरपालिका–१ मा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।
उक्त नगरपालिकाको बिसौना बस्ने विष्णु विकको घर आज बिहान पहिरोमा पुरिँदा चारजनाको ज्यान गएको हो । स्थानीय सञ्चारकर्मी माधव खरेलका अनुसार पहिरोमा परी ४५ वर्षका गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक र दुई वर्षीया रियन्सी विकको मृत्यु भएको हो । घाइते भएका दुईजनालाई सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरिएको हो ।

मानव अधिकार रक्षकहरुको सुरक्षा सवालमा छलफल

‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट कर्णालीका किसान लाभान्वित

कर्णाली नदी आसपास विपद् व्यवस्थापनको कृतिम अभ्यास

दैलेखको मष्टा आधारभुत विद्यालय रावतकोटमा सामग्रि बितरण

क्यान्सरसँग लडिरहेका कुलबहादुरको जीवन बचाउन अपिल

प्रतिक्रिया