कांग्रेसद्वारा जिल्ला समन्वय समितिको उम्मेदवार घोषणा

गोदावरी - नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारीका लागि जिल्ला समन्वय समितिका प्रमुखको उम्मेदवारका लागि भुलको नाम सर्वसम्मतले सिफारिस गरेको हो ।
प्रमुख पदको उम्मेदवारका लागि सिफारिस हुनुभएका भुल कैलारी गाउँपालिका वडा नं २ को दलित महिला सदस्यको वडा सदस्यमा निर्वाचित हुनुभएको नेपाली कांग्रेसका जिल्ला सचिव नृपबहादुर सुनारले बताउनुभयो ।
जिल्ला समन्वय समिति कैलालीका तत्कालीन समन्वय प्रमुख पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि प्रमुखको पद रिक्त रहेको छ । समितिको अध्यक्षका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने तय भएको छ ।
सो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिले मतदान गर्न पाउने छन् ।

भैरवीमा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज रोग नियन्त्रण शिविर सम्पन्न

ठाटीकाँधका कृषक थापाको प्लास्टिक टनेल अनुगमन, २० हजार आम्दानी

दैलेखमा ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यू

प्रगति टोलमा सुरक्षित मातृत्व सम्बन्धी अभिमुखिकरण सम्पन्न

पाँच महानगरले बजेट प्रस्तुत गर्दा, काठमाडौँ महानगरको रोकियो

प्रतिक्रिया