मन्त्री अग्रवालको आग्रह, सकारात्मक सन्देश दिनुहोस

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले मिडियाले सकारात्मक सन्देश दिन आग्रह गरे । शनिवार राष्ट्रिय दलित पत्रकार संघको दोश्रो लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा नेपालगञ्ज पुगेका मन्त्री अग्रवालले यस्तो आग्रह गरेका हुन ।
मन्त्री अग्रवालले मिडियाले सम्प्रेषण गर्ने समाचार र प्रस्तूती शैलीको आधारमा समाजले धारणा बनाउने भएकोले सरकारले गरेका राम्रो कामको सन्देश प्रवाह गर्न सके आशा जगाउने विश्वास व्यक्त गरे । उनले भने,वेथिति र अराजकता पनि वाहिर ल्याउनुपर्छ तर राम्रो कामको सन्देशलाई व्यापक गर्नुहोस ।
राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य संविधानसभा सदस्य विनोद पहाडीले विभिन्न राजनीतिक आन्दोलन र जनयुद्धको बलिदानीबाट प्राप्त लोकतन्त्र र समावेशीकरण माथि खतरा पैदा भएको बताए । लोकतन्त्र र समावेशीकरणको रक्षा गर्न दलित पत्रकारहरुलाई कलम चलाउन उनले अनुरोध गरे । कैलालीमा सूचनाको हक माग्न जाँदा सुरेश भुलको नियोजित तरिकाले हत्या भएको पहाडीले आरोप लगाए ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सदस्य सुशिला (बादी) नेपालीले दलित समुदायको जीवन स्तर उठाउन राज्यलाई झक्झक्याउन दलित पत्रकारहरुले अगुवाइ गर्नुपर्ने बताईन । उनले भनिन, दलितको आर्थिक र सामाजिक जीवनस्तर उठाउन सबैले पहल गर्नुपर्छ ।
सोही कार्यक्रममा खजुरा गाउँपालिकाका पूर्व उपाध्यक्ष एकमाया बिश्वकर्माले दलित समुदायले भोगिरहेको विभेद र असमानता विरुद्ध मिडियाले खेलेको भूमिका निम्ति धन्यवाद दिंदै दलित समुदायका पत्रकारहरुले दलित माथि भइरहेको असमानता विरुद्ध सशक्त रुपमा कलम चलाउन आग्रह गरिन ।
संघका लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार राधा नेपाली, बिनोद परियार र रुपा गहतराजलाई जनही पाँच हजार नगद सहित उर्जाशील पत्रकारिता पुरस्कारले सम्मान गरिएको थियो । अधिवेशनले लुम्बिनी प्रदेश समिति चयन गर्नेछ ।

दैलेखका सबै स्थानीय तहको नीति तथा कार्यक्रम सार्वजनिक

कनकासुन्दरीले ल्यायो ४९ करोडको बजेट

‘भिजिट भिसा प्रकरणमा संलगन कोही पनि उम्कनु हुँदैन’

‘लालीबजार’ मा स्वस्तिमा

आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइनेछः सञ्चारमन्त्री गुरुङ

प्रतिक्रिया