सिन्धुपाल्चोकको माझिटार केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ – सिन्धुपाल्चोकको माझिटार केन्द्रविन्दु भएर भूकम्प गएको छ । दिउँसो १ बजेर २ मिनेटमा ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
काठमाण्डौ उपत्यकासहित वरपर भूकम्पको धक्का महसूस भएको थियो । केन्द्रकी प्रवक्ता मोनिका झाका अनुसार २०७२ सालको गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरूप आजको धक्का महसूस गरिएको हो ।
यसअघि पुस १६ गते बिहान ७ बजेर ५४ मिनेटमा बैतडी केन्द्रविन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै पुस ११ गते बिहान ६ बजेर ३३ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दैलेखका सबै स्थानीय तहको नीति तथा कार्यक्रम सार्वजनिक

कनकासुन्दरीले ल्यायो ४९ करोडको बजेट

‘भिजिट भिसा प्रकरणमा संलगन कोही पनि उम्कनु हुँदैन’

‘लालीबजार’ मा स्वस्तिमा

आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइनेछः सञ्चारमन्त्री गुरुङ

प्रतिक्रिया