देशभर मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
त्यसैगरी आज राति कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।
विभागले शनिबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विश्व वातावरण दिवसरको अवसरमा ठाटीकाँधमा वृक्षारोपण

वृक्षारोपण र सरसफाइ गरेर गुराँसमा मनाइयो विश्व वातावरण दिवस
दैलेखमा विविध कार्यक्रमसहित मनाइयो विश्व वातावरण दिवस

भैरवीमा विविध कार्यक्रम गरि मनाइयो विश्व वातावरण दिवस

वातावरण दिवसको अवसरमा चिनारीमा सरसफाई तथा वृक्षरोपण

प्रतिक्रिया