प्रतिनिधिसभा बैठक केही समयका लागि स्थगन

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले अघिल्ला बैठकहरु जस्तै प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गर्नुभयो ।
प्रतिपक्षी दलले अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरुले पनि सदन सञ्चालनका लागि दबाब दिदै आ(आफनो ठाँउबाट उठ्नुभएको थियो । त्यसपछि सभामुख घिमिरेले दुवै पक्षलाई स्थान ग्रहण गरी सभा सञ्चालनका लागि वातावरण बनाउन पटक-पटक आग्रह गर्नुभयो ।
सो क्रममा दुवै पक्षले आफ्नो अडान कायम राखेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेको घोषणा गर्नुभयो ।

पालिकास्तरीय भलिबल प्रतियोगिता सम्पन्न

सरोकारवालासँग सिकाइ तथा अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न

गुराँसमा बालबालिकाद्वारा तयार गरिएको योजना अनुमोदन

दैलेखको दुल्लुमा ट्याक्टर दुर्घटनामा परी गाडि चालक घाइते

कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छः परराष्ट्रमन्त्री डा राणा

प्रतिक्रिया