पत्रकार महासंघ दैलेखले बुझायो प्रशासनलाई ज्ञापन पत्र

पत्रकार महासंघ दैलेखले बुझायो प्रशासनलाई ज्ञापन पत्र

 दैलेख । नेपाल पत्रकार महासङ्घ दैलेख शाखाले पत्रकारको योजनाबद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमणको विरोधमा जिल्ला प्रशासन कार्यालय दैलेखलाई ज्ञापत्र बुझाएको छ । महासङ्घ केन्द्रीय समितिको आह्वानमा गएकोे मङ्गलबार नेपाल पत्रकार महासङ्घ दैलेखले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउदै नेपाल पत्रकार महासङ्घ दैलेख शाखाका सचिव भिमबहादुर सिजापतीले घटनाको निष्पक्ष ढङ्गबाट छानबिन हुनुपर्ने बताए। राजावादीको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको, अन्नपूर्ण पोस्ट दैनिकको भवनमा आगजनी तथा तोडफोड गरिएको क्षतिको माग गर्दै घटनाहरूमा संलग्नलाई कारबाही गर्नुपर्ने उनको भनाई छ । 

यसैगरी, नेपाल पत्रकार महासङ्घ दैलेखका पूर्वअध्यक्ष पुस्कर थापाले पत्रकार हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न उहाँले सरकारसँग माग गरे । 

ज्ञापन पत्र बुझ्दै दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले आन्दोलनका क्रममा जनधनको जुन क्षति भएको छ, त्यसको सत्यतथ्य पत्ता लगाएर पीडित पक्षको माग पूरा गर्न पहल गरिने बताए । उनले भने,पत्रकार सुरेश रजकको घटना प्रति दुःख व्यक्त गर्दै नेपाल सरकारको तर्फबाट हामी हामी दुखिछौ ।  पत्रकारले समाजमा भएका राम्रा गतिविधिलाई बाहिर ल्याउन समेत आग्रह गरे ।   पत्रकारको सुरक्षालाई गम्भीरताका साथ लिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया