महिलामाथि हुने समस्याको दिगो समाधान खोज्दै,पालिका र साझेदार संस्था

महिलामाथि हुने समस्याको दिगो समाधान खोज्दै,पालिका र साझेदार संस्था

दैलेख । महिला माथि हुने समस्याको दिगो समाधानको खोज्दै यतिवेला पालिका र साझेदार सँस्थाले लागि परेका छन् । कर्णाली प्रदेशका महिलाका पिडाका पाईला मेटाउन पालिका र साझेदार संस्था लागि परेका हुने । यहाँको प्रदेशमा अझै पनि सामाजिक कुरित परिवार नियोजन,मातृृ मृत्युको  अन्त्य, लैङ्गिक हिंसाको अवस्थाको पहिचान त्यसको दिगो समाधान गर्नका पालिका र साझेदार संस्था  हातेमालो गर्दै लागि परेका छन् । युराेपियन युनियन र संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए)को साझेदारीमा सोसेक नेपाल द्धारा सञ्चालित ‘सशक्त महिला समृद्ध नेपाल’ (ईडब्लुपीएन) कार्यक्रम सुर्खेतको बिरेन्द्र नगर नगरपालिका र रुकुम पश्चिमको सानी भेरी गाउँपालिकामा लक्ष्य केन्द्रित छलफल गर्दै अभियान थालिएको छ ।  
परियोजनाले तोकिएका तीन वटा लक्षित उदेश्यलाई लक्ष्यमा पु¥याउन जनप्रतिनिधी,सम्बन्धित विषयगत शाखा,सरोकार पक्ष जुटेर काम गर्ने प्रतिवद्धता पुरा गर्ने जनाएका छन् । तीनवटा मुख्य नारा परिवार नियोजन,मातृमृत्य अन्त्य, लैङ्गिक हिंसा,समाजमा विद्यमान हानिकार अभ्यास कम गर्न पालिका र साझेदार संस्था लागि परेका छन् ।
महिला माथि हुने समस्याको दिगो समाधान पुरा गर्नका लागि सानीभेरी गाउँपालिकाले चारवटा टै बर्थिङ् सेन्टरबाट पाँच  प्रकारका परिवार नियोजनका साधनहरुको पहुँच बृद्धि गर्ने,मापदण्ड अनुसारको गर्भवती जाँच,सुरक्षित प्रसुति सेवा,सुत्केरी प्रोत्साहन कार्यक्रम,घरेलुहिंसा न्यूनिकरण,वालविवाह न्यूनिकरण कम गरि कार्यक्रमलाई प्रभावकारी महिला तथा वालवालिका शाखाले ११ वटा विभिन्न कार्यक्रम संञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ । 
“पछिल्लो समय घरेलु हिंसा लैङ्गिक हिंसा,र असुरक्षित गर्भ निरोध लागि पुरुष नै जिम्मेवारी हुने सानीभेरी गाउँपालिका कार्यवाहक अध्यक्ष पहलसिंह घर्तिले बताए । उनले भने,सामाजिक संरचना खलवलिएको छ,बालविवाह व्यापक छ,पुरुष पराईदेश,महिलाले छिनछिनमा सामाजिक परिक्षा दिईरहनुपर्छ,समस्या मुख्य जड यही हो । 
त्यस्तै “शहरमा समस्या हुदैन भन्ने हुँदैन, बरु कुण्ठित हुने हिंसालाई उजागर गरि न्याय सम्पादन गरिनुपर्ने बिरेन्द्र नगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले बताईन ।  “समाजमा लैङ्गिक बिभेदको स्वरुप बदलिदो छ,अवस्था उस्तै छ त्यस कारण सामाजिक जनचेतना खाँचो भएको छ ।  
महिला माथि हुने समस्या समाधानका लागि परियोजना अन्तरगत जोडी सहजकर्ता सामुदायिक सहजकर्ता जनशक्ति परिचालन गरिएको ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम व्यवस्थापक रमेश थापाले जानकारी दिए । उनले भने, परियोजना  दक्ष जनशक्ति मार्फत अन्तरपुस्ता संवाद,रुपान्तरण कक्षा,अभिभावक समुह संवाद लगाएतका क्रियाकलापहरु गर्दै आएको छौं ।   
त्यसैगरि सोसेक नेपालका सस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक हिरा थापाले “नागरिकको संवैधानिक अधिकारको प्रत्याभूति र नेपाल सरकारले नै तय गरेको दिगो विकास लक्ष्यलाई हासिल गर्नका लागि हामी जाग्नुपर्ने बताए । हामी लक्ष्य पुरा गर्नको लागि सरकारी संयन्त्र र नागरिक समाजसंगको समन्वय गरेर काम गर्छौ,थापाले भने ।  युराेपियन युनियन र सयुक्त राष्ट्र संघिय जनसंख्या कोषकाे सहयाेगमा  ‘सशक्त महिला समृद्ध नेपाल कार्यक्रम हानिकारक सामाजिक मान्यता परिवर्तन र लैंगिक हिंसा रोकथाम, महिलाहरुको आर्थिक शसक्तिकरण तथा लैंगिक हिंसा प्रतिकार्य  महिलाहरुको नेतृत्व विकास र प्रतिनिधित्वका लागि नेपालकाे मधेश, कर्णाली र सुदुरपश्चिम गरी ३ वटा प्रदेशमा सञ्चालनमा छ । 

प्रतिक्रिया