रुकुमपश्चिमको मुसिकोट स्यावाङस्थित एक घरमा आगलागी

रुकुम पश्चिम – रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११, स्यावाङ स्थित गोपाल ओली र बिर्खबहादुर ओलीको घरमा आगलागी भएको छ। शनिवार बिहान ८ बजेतिर आगलागी भएको समयमा घरमा कोही थिएनन् ।
स्थानीय चन्द्रबहादुर ओलीका अनुसार आगलागीबाट २ तला डुङ्गे घर पूर्ण रूपमा ध्वस्त भएको छ। घर, अन्नपात, लत्ता कपडा, सुन, नगद लगायत गरी कुल ७ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको पीडित परिवारले जनाएको छ।
गोपाल र बिर्ख बहादुर सहोदर भाइ हुनुहुन्छ र परिवार एउटै घरमा बस्दै आएका थिए । परिवारका सदस्य गहुँ काट्न बारीमा गएको समयमा आगलागी भएको र आगलागीको कारण खुल्न नसकेको बताइएको छ।
प्रतिक्रिया