रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै

कालीकोट - कालीकोटको रास्कोट नगरपालिका–६ नमूना बस्तीमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो । नेपाल विद्युत् प्राधिकरणको रु पाँच करोडको लागतमा प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो ।
केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको छ । सबस्टेसन निर्माण सम्पन्न भएपछि रास्कोटसहित छिमेकी पालिका र बाजुरा जिल्लासम्म गुणस्तरीय विद्युत् सेवा पुग्ने नेपाल विद्युत् प्राधिकरणका प्राविधिक रमेश शाहीले बताउनुभयो ।
“प्रसारण लाइन विस्तारपछि जिल्लामा विद्युत् अभाव हुने छैन, कालीकोटको रास्कोटमा मात्र नभएर बाजुराको पूर्वी क्षेत्रमा पनि विद्युत् पहुँच विस्तार हुनेछ ।”
रास्कोटमा हाल ११ केभिए प्रसारण लाइन छ । उक्त प्रसार लाइनका कारण गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेपछि ३३ केभिए प्रसारण लाइनको सबस्टेसन निर्माण गर्न लागिएको हो । यसले विद्युत् आपूर्ति नियमित हुने अपेक्षा गरिएको नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताउनुभयो ।
_lBsd2Rr6Uy_lg98axvfiydpqbh27nly2j5xum5uagrsmgsmwmymiw0gnfrz2gk6lrvayfmr_jwSpEQU33d_fp1fxjuogu0prqdhhoc8tplemkaihahziqanbreczloxr0la960qcdgkjsim.jpg)
युवा किन विदेशिए, रोक्न के गर्ने?

जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर भूकम्प

गलत गर्ने जुनसुकै होस कारवाही हुनुपर्छ :शाही

पेट्रोलियम अन्वेषणले जगाएको आशा

चामुण्डाविन्द्रासैनी नगरपालिकाको आठौं स्थापना दिवसमा ७ जना कर्मचारी सम्मानित

प्रतिक्रिया