जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै

जुम्ला – भोलि शनिबार सदरमुकाम खलङ्गा बजारमा आयोजना हुने जुम्ला–रारा अल्ट्रा म्याराथन ५९१ जना धावक सहभागी हुने भएका छन् ।
कर्णाली स्पोर्ट क्लबले आज यहाँ पत्रकार सम्मेलन गरेर छैटौँ संस्करणको दौडको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । क्लबका अध्यक्ष सरोज शाहीले ५१ किलोमिटर दौडमा स्वदेशी ७४, पोल्याण्ड अमेरिका र फ्रान्सका एकएक तथा भारतका दुई जना धावक सहभागी हुने बताउनुभयो ।
पाँच किमी दौडतर्फ कर्मचारीतर्फ १५५ जना, विद्यार्थी मात्र सहभागी हुने १० किमी दूरीतर्फ ३५५ जना र त्रिभुवन आर्मीबाट दुई जना गरी कूल ५९१ जना धावक प्रतियोगितामा सहभागी हुने जानकारी उहाँले दिनुभयो ।
म्याराथनका लागि रु २८ लाख विनियोजन गरिएको जानकारी दिँदै अध्यक्ष शाहीले प्रतियोगिताका माध्यमबाट जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कालीकोटको दलितवस्तीमा एक घर एक खानेपानीको धारा जडान

काँक्रेविहारमा ‘खोज, अनुसन्धान तथा पर्यटन महोत्सव’ आयोजना हुने

भैरवीमा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज रोग नियन्त्रण शिविर सम्पन्न

ठाटीकाँधका कृषक थापाको प्लास्टिक टनेल अनुगमन, २० हजार आम्दानी

दैलेखमा ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यू

प्रतिक्रिया