रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज मगलबार सुनुवाइ जारी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज मगलबार सुनुवाइ जारी छ । सर्वोच्च अदालतमा ६ पटकसम्म हेर्न नमिल्नेमा परेको रिटमा आज न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भइरहेको हो ।
अहिले लामिछानेका कानुन व्यवसायीले बहस गरिरहेका छन्। सहकारी ठगी प्रकरणमा लामिछाने अहिले रुपन्देही कारागारमा छन् । जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पूर्वडीआईजी छविलाल जोशी पनि सर्वोच्च पुगेका हुन् ।
रविलाई रुपन्देही जिल्ला अदालतले भने एक करोड रुपैयाँ धरौटीमा छाडेको थियो । उच्च अदालतले जिल्लाको आदेश उल्टाइदिएपछि कारागार चलान भएका हुन्।
प्रतिक्रिया