सकारात्मक सोच र स्थानिय सरकार सञ्चालन सम्बन्धि तालिम सम्पन्न

सकारात्मक सोच र स्थानिय सरकार सञ्चालन सम्बन्धि तालिम सम्पन्न

दैलेख - दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता विकासका लागि सकारात्मक सोच र स्थानीय सरकार सञ्चालन सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। नारायण नगरपालिकाको आयोजनामा शनिवार एक दिने तालिम सम्पन्न भएको हो ।

बास नेपालको सहरीकरणमा भएको तालिमको राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त तथा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले सकारात्मक सोच तथा स्थानीय सरकार सञ्चालनको विषयमा प्रस्ट पार्नु भएको थियो ।

नगर प्रमुख लोमन शर्माको अध्यक्षतामा भएको तालिममा नारायण नगरपालिकाका जनप्रतिनिधि, वडा सचिव, विषयगत शाखाका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, लगायत ८५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।

एक दिने तालिमको सहजीकरण गर्दै राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त तथा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले सुशासन, नेतृत्व विकास, नगरपालिका, कार्यपालिका, व्यवस्थापिकाका काम, कर्तव्य र अधिकार, जनप्रतिनिधि र कर्मचारीका असल गुण स्थानीय सरकारको प्राथमिकता, सकारात्मक सोच, स्थानीय सरकारले गर्नुपर्ने काम, स्थानीय सरकार सञ्चालनसँग सम्बन्धित ऐन, नियम र कानुन ,लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रमको समापन समारोहमा बोल्दै नगर उपप्रमुख तप्ता कुमारी खड्काले नारायण नगरपालिकाले आगामी वर्षको नीति तथा बजेट कार्यक्रम तयार गर्ने समयमा भएको तालिमले ठुलो सहयोग पुग्ने बताउँनु भयो । नारायण नगरपालिका स्थानीय ऐनमा रही योजना छनोट र विकासमा लाग्ने  प्रतिबद्धता छ । यस्तै नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर बुढाले तालिमबाट सहभागीहरूले केही भए पनि नयाँ कुराको ज्ञान लिएको जानकारी दिदै बास नेपालको सहकार्यमा यस्ता कार्यक्रम गर्दै जाने उहाँको धारणा रहेको थियो ।

कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख लोमन शर्माले तालिमको समापनमा सकारात्मक सोच र स्थानीय जनप्रतिनिधिले लिनु पर्ने सीप र क्षमता विकास गर्ने प्रशिक्षण भएको बताउनु भयो । नगर सभा सञ्चालन, नीति कार्यक्रम, असल अभ्यास र सफलता कसरी प्राप्त गर्ने विषयमा प्रशिक्षण भयो, हामीले बजेट पटाउँदा सामूहिक छलफल गरी वडामा पठाउने गरेको उहाँको भनाई थियो,नागरिक समक्ष जनप्रतिनिधि निरन्तर नजरमा रहेको धारणा राख्दै नगरपालिकालाई सफल र समृद्वि तर्फ लिनका लागि ठुलो प्रेरणा दिएकोमा बास नेपाललाई धन्यवाद दिनुभयो । 
नगरपालिका तथा गाउँपालिकाहरूले वडाहरमा बजेट पठाउँदा बजेटको सिलिङ्गमाग गरेर पठाउने गरेको सन्दर्भमा वार्षिक बजेट निर्माणका लागि ५ वटा समिति मार्फत बजेट विनियोजन गर्नुपर्ने देखिन्छ । हरेक पालिकामा आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, वन, वातावरण तथा विपद् व्यवस्थापन समिति र सुशासन तथा संस्थागत विकास समिति मार्फत बजेट विनियोजन गर्नुपर्ने बारेमा ज्ञान यस तालिमबाट भएको सहभागीहरूको धारणा रहेको थियो ।

प्रतिक्रिया