बालविवाहले छुटायो विद्यालय, अधुरा भए सपना

बालविवाहले छुटायो विद्यालय, अधुरा भए सपना

सुर्खेत –  कर्णाली प्रदेशमा बालविवाह अझै पनि गम्भीर सामाजिक समस्याका रूपमा भयावह छ । गरिबी, अशिक्षा, सामाजिक परम्परा, तथा अभिभावकीय उपेक्षाका कारण साना बालिकाहरू विवाह गर्न बाध्य भइरहेका छन, जसको उनीहरूको शिक्षा, स्वास्थ्य र भविष्यमा असर पारिरहेको छ ।

परिर्वतित नाम सम्झना बुढावीरेन्द्रनगर – २ मा रहेकोे श्री प्रभात माध्यामिक विद्यालयमा कक्षा ८ मा पढ्दै गर्दा विवाह गर्नुभयो । विवाहपछिको गर्भधारण, सन्तानको स्याहारका कारण विद्यालय पढ्न पाउनुभएन । जस्ले गर्दा सबै सबै अवसरबाट टाढा हुनुभयो । आवाज संस्थाको सहयोग पछि उहाँको जीवन केही सहज भएको छ ।

त्यस्तै त्रिपुरेश्वर माध्यामिक विद्यालयमा अध्यन गर्दै गरेकी परिर्वर्तित नाम मनरुपा बि.कले सौतेनी आमाको मानसिक यातनाबाट उम्किन १७ वर्षकै उमेरमा विवाह गर्न बाध्य हुनुभयो  । विवाहले उहाँको सपना अधुरै रह्यो । उहाँले बालविवाह रहर नभई बाध्यता भएको बताउनुभयो  । 

प्रभात माध्यामिक विद्यालयमा अध्यन गर्दै गरेकी परिर्वर्तित नाम रुपना सुनार ले १६ वर्षमै विवाह गर्नुभयो  । २० वर्ष पुग्न नपाउँदै दुई छोरीकी आमा हुनुभयो । श्रीमानको मृत्युपछि उहाँ आर्थिक संकटमा पर्नुभयो । जस्ले  छोरीको पढाइदेखि दैनिकी चलाउन कठिन भयो । अहिले उहाँलाई आवाज संस्थाको सहयोगले केही राहत भएको छ ।  अघि बढ्न सक्षम भएको उहाँले बताउनुभयो   ।

बालविवाह रोकथाममा समाजका अग्रज, बुद्धिजीवी, शिक्षक, बाल क्लब र आमा समूह सबैको सक्रियता आवश्यक रहेको आवाज संस्था सुर्खेतकी सामाजिक परिचालिका टिका चालिसे बताउँनुहुन्छ ।

राज्यले बनाएका कानुन कागजमा सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्ने प्रभात माध्यामिक विद्यालयका शिक्षक डिलीराम चापागाईंले बताउनुभयो  । उहाँले सामाजिक सचेतना, लागू औषधको रोकथाम, र कानुनी डर हटाउने खालका कार्यक्रम जरुरी रहेको उल्लेख गर्नुभयोे ।

साथीको लहलही, सामाजिक सञ्जालको दुरुपयोग र लोभमा परेर बालबालिकाले विवाह गर्ने, पछि पछुतोपछि मात्र उनीहरू आफ्नो गल्ती महसुस गर्ने गरेको सरस्वती माध्यामिक विद्यालयमा कार्यरत प्रधानाध्यापक सरिता शर्माको भनाई छ ।  

बालविवाह न्यूनीकरणका लागि टोल विकास समिति, अभिभावक र बालबालिकालाई सचेत गराउने अभियान आवश्यक रहेको वीरेन्द्रनगर–२ का वडाध्यक्ष गजबहादुर बुढाले बताउनुभयो । विवाह गर्ने वा गराउने दुबैलाई कानुनी कारबाहीको चेतावनी दिँदै उहाँले प्रदेश सरकारसँग संयुक्त प्रयासको आग्रह गर्नुभयो  ।
 

प्रतिक्रिया