बालमैत्री वातावरण सुचक कार्ययोजना तयारीबारे अभिमुखिकरण

कालिकोट – कालिकोटको खाडाचक्र नगरपालिकामा बालमैत्री वातावरण सुचक कार्ययोजना तयारीबारे स्थानीय सरोकारवालाहरुलाई लक्षित गरी अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
खाडाचक्र नगरपालिकाको समन्वय, एइआईएन लक्जेमबर्गको साझेदारी, सोसेक नेपालद्वारा सञ्चालित आधार परियोजनाको सहजीकरणमा खाडाचक्र नगरपालिका–१० मा उक्त कार्यक्रम सम्पन्न हो ।
खाडाचक्र नगरपालिका वडा नम्बर –१० मा गठित पञ्चदेव महिला समूहकी अध्यक्ष श्रीमती जसु उपाध्यायको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा संस्थागत परिचयसँगै सकारात्मक अभिभावकत्व र बालमैत्री कार्ययोजनाको विषयमा गहिरो छलफल गरिएको बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि खाडाचक्र नगरपालिकाका उपप्रमुख श्री गणेशबहादुर शाही रहनुभएको थियो । प्रमुख जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक विशेष अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा अन्य अतिथिहरूमा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष भरत विष्ट, उद्योग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाही, जिल्ला बार इकाई अध्यक्ष श्री अमल शाही, जिल्ला प्रशासन कार्यालयका नासु श्री जिवरबहादुर शाही, खाडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख मानबहादुर विष्ट, महिला शाखा प्रमुख श्रीमती रिता पाण्डे, रेडियो मालिका चंखेलीका समाचार प्रमुख श्री तार बस्याल लगायतको सहभागिता थियो।
साथै कार्यक्रममा महिला समूहका सदस्यहरू, बाल क्लबका प्रतिनिधिहरू, विभिन्न माविका प्राचार्यहरू लगायत स्थानीय सरोकारवाला तथा अभिभावकहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमले बाल अधिकार सुनिश्चित गर्ने, अभिभावकहरूलाई सजग बनाउने, र समुदायमा बालमैत्री वातावरण सिर्जना गर्न टेवा पुग्ने अपेक्षा लिइएको छ ।
प्रतिक्रिया