गुराँस गाउँपालिका दैलेखमा माटो परीक्षण शिविर

दैलेख- दैलेखमा माटोमा उत्पादन क्षमता कम हुन नदिन र अन्नबाली उत्पादनमा ह्रास हुनबाट बचाउन माटो परीक्षण शिविर गरीएको छ । कर्णाली प्रदेश एकीकृत कृषि प्रयोगशाला, सुर्खेतको आयोजना तथा प्राविधिक सहयोग,गुराँस गाउँपालिका दैलेखको समन्वय तथा सोसेक नेपाल अन्तरगत ग्रीन कर्णाली परियोजनाको सहजीकरणमा गुराँस कृषि केन्द्र,घोडाबास,दैलेखमा निःशुल्क १ दिने माटो परीक्षण शिविर सम्पन्न भएको छ।
गुराँस गाउँपालिका दैलेखले व्यावसायिक कृषिका लागि माटो परीक्षण गर्न शुरु गरेको हो । माटो परीक्षण गरी उत्पादन वृद्धि गर्नका लागि यस गाउँपालिकाका परियोजना क्षेत्रका किसानहरुको माटो संकलन गरी आइतबारबाट गुराँस कृषिकेन्द्रमा परीक्षण गरीएको हो ।
प्रमुख अतिथि गुराँस गाउपालिका ४ का वडा अध्यक्ष खड्क बहादुर शाहीले दिगो कृषि उत्पादनका लागि माटोको गुणस्तरअनुसार खाद्यान्न तथा तरकारी उत्पादन क्षेत्रका रुपमा विकास हुने गरेको छ,साथै सोसेक नेपालले किसानलाई ठुलो सहयोग गरेको वडा अध्यक्ष शाहीले बताउँनु भयो ।
विशेस अतिथि कर्णाली प्रदेश एकीकृत कृषि प्रयोगशाला, सुर्खेतका प्रमुख चित्र रोकायले माटोलाई जीवित राख्दै उत्पादन बढाउनका लागि माटोको परीक्षण गराउँदै प्रांगारिक मलको प्रयोग गनुपर्ने औल्याउनु भयो। माटो हामिले बचाउँन सक्यौ भने हाँमिले सोचे अनुसार उत्पादन बढ्नुको साथै भोकमरी पर्नबाट बच्न सकिन्छ,उहाँको धारणा रहेको थियो।
गाउँपालिका अन्तर्गतका ४ वटा वडामा खेती गरिँदै आएको १४१ भन्दा बढी ठाउँको माटो कृषिकेन्द्रमा ल्याई माटो विशेषज्ञबाट माटो परीक्षण गरीएको हो। कार्यक्रममा ग्रिन कर्णाली परियोजना संयोजक पुश्कर शर्माले माटोको परीक्षण पटक पटक गरेपछि मात्र उत्पादनमा बृद्धि हुने गर्दछ उहाले भन्नुभयो । कार्यक्रमको अध्यक्ष गुराँस कृषि शाखा प्रमुख निर्मल भुसालले माटो अवस्था थाहापाउन र उत्पादनमा बृद्धि गर्न सम्पुर्ण कृषकले अनिवार्य माटो जाँच गर्नुपर्ने धारणा राख्नु भयो ।
प्रतिक्रिया