खजुरा टोलमा सुरक्षित मातृत्व सम्बन्धी अभिमुखीकरण

खजुरा टोलमा सुरक्षित मातृत्व सम्बन्धी अभिमुखीकरण

सुर्खेत –  सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–८ स्थित खजुरा टोलमा सुरक्षित मातृत्व विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । एआईएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा सञ्चालित बिहानी परियोजना अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा स्थानीय महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । सुरक्षित गर्भावस्था, प्रसूति सेवा, सुत्केरी स्याहार, पोषण, नियमित स्वास्थ्य परीक्षण तथा नवजात शिशुको सुरक्षाबारे जानकारी दिइएको थियो ।

सहभागी महिलाहरूले यस्तो कार्यक्रमले आफ्ना अधिकारबारे जानकारी दिलाएको र मातृत्वसम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त भएको अनुभव बाँडेका थिए ।  सोसेक नेपालले महिलाहरूको स्वास्थ्य तथा जीवनस्तर सुधार गर्न सामुदायिक तहमा यस्ता सचेतना कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया