दुल्लु नगरपालिकाले "घर बीमा" कार्यक्रम लागु गर्दै

दैलेख- दैलेखको दुल्लु नगरपालिका भित्रका सबै घरधुरीको बीमा गरिने भएको छ। कर्णाली प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सञ्चालन गरेको ‘घर बीमा कार्यक्रम’ अन्तर्गत दुल्लु नगरपालिका र नेको इन्स्योरेन्स लिमिटेड मार्फत बीमा प्रक्रिया अगाडि बढाइने भएको छ।
भुईचालो,वाढिपैरो आगलागी तथा प्राकृतिक विपत्तिबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यक्रमले प्राकृति जोखिमका लागि बीमा सुरक्षा प्रदान गर्नेछ।
दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै प्रदेश सरकारले ७९ वटै स्थानीय तहलाई कार्यविधि तयार गरी प्राविधिक सहयोग सहितका लागि पत्राचार गरेको थियो। ति मध्ये हालसम्म २३ वटा स्थानीय तहले कार्यक्रम लागू गर्ने प्रतिबद्धता जनाएका छन । जस मध्ये दुल्लु नगरपालिकाले पनि उक्त कार्यक्रममा सहभागी भई सबै घरधुरीको बीमा गर्ने निर्णय गरेको हो। मंगलबार नगरपालिकाको कार्यालय दुल्लुमा आयोजित घर बीमा सम्बन्धी छलफल कार्यक्रममा प्रदेश सरकारको बजेटको प्रभावकारी उपयोग गर्दै बीमा कार्यक्रमलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको दुल्लु नगरपालिका का नगर प्रमुख भरत प्रसाद रिजालले वताउनु भयो ।
नेको इन्स्योरेन्स कर्णाली प्रदेश प्रमुख रमेश राज शर्माले बीमाको महत्व, जोखिम वहन प्रक्रिया, क्षति भएमा कसरी दाबी गर्ने र बीमा गर्न आवश्यक पर्ने कागजातबारे विस्तृत रुपमा छलफल र अन्तरक्रिया मार्फत जानकारी गराउनुभएको थियो।
उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत तिलक वि.क.,जनप्रतिनिधिहरु, नगरपालिका का कर्मचारी, स्थानीयहरु बुद्धिजीवी तथा बीमा कम्पनीका तर्फबाट नेको इन्सुरेन्स लि कर्णाली प्रदेश प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको दुल्लु नगरपालिका का सुचना अधिकृत समसेर वहादुर शाहीले जानकारी गराउनु भयो ।
प्रतिक्रिया