नेपाल प्रेस युनियन दैलेखले ३४ औं स्थापना दिवश दीप प्रज्वलन गर्दै मनायो
_EnCdYkbTB1_9wzl97487zmg5wgzehzkzvijoe7ceefigoewacwlfbfotlubgyhuea02dr5r_40CWmWANSc_jep50uxer29yerns2qmtvercwtieji0gao3uidrkwj7roqi2arqbwvenl6u3.jpeg)
दैलेख- नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन दैलेखले दिप प्रज्ज्वलन गरेको छ । प्रेस युनियन स्थापना दिवसका अवसरमा दैलेखस्थीत देवकोटा चौकमा दीप प्रज्ज्वलन गरिएको छ ।
नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन दैलेख सभापति अभिषेक अनुरागले प्रेस स्वतन्त्रताको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा प्रेस युनियनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनहरूमा अझ दैलेखका पत्रकारहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिदै सबैलाई धन्यवाद ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सबै संगठनका पत्रकार,सुरक्षाकर्मी, शिक्षक, उधोग व्यवसायी, राजनीतिक दलका प्रतिनिधि र सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रेस युनियनले देशभर दिवशको अवसरमा जेठ १९ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ।
प्रतिक्रिया