कर्णालीमा नियमित विद्युत आपूर्तिका लागि प्रशारण लाइनको निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने

काठमाडौं- कर्णाली प्रदेशमा नियमित विद्युत आपूर्तिका लागि कोहलपुर (सुर्खेत (जुम्ला १३२ केभी प्रशारण लाइनको निर्माण दुई वर्षभित्र सकिने भएको छ।
बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२ र ०८२ को बजेट सार्वजनिक गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले उक्त प्रशारण लाइनको निर्माण दुई वर्षभित्र सकिने बताउनु भयो ।
उनले ऊर्जा निर्यात सम्भाव्यताका आधारमा थप अन्तरदेशीय प्रशारण लाइन निर्माण गरिने बताए। मन्त्री पौडेलले प्रशारण लाइन विस्तार र वितरण आयोजनाका लागि रु १३ अर्ब १८ करोड विनियोजन गरिएको बताउनु भयो।
प्रतिक्रिया