हाम्रो गणतन्त्र, हाम्रो आवाज (कविता)

- सजस्पी थापा
कक्षा ७, थापा फुलवारी विद्यामन्दिर, दैलेख
श्रृङ्खलाबद्ध सपना आज साकार बनाऔं,
जनताको शासनमा देशको आधार बनाऔं।
राजाको होइन, जनताको आवाज सुनियोस्,
गणतन्त्रको उज्यालोमा सबै बराबर बनियोस्।
स्वाभिमानको छाती चिरेर आयो यो बिहानी,
शहिदको रगतले सजिएको हो यो सम्मान।
नझुक्ने, नडराउने हाम्रो यो दृढ प्रण हो,
स्वाभिमान र आत्मसम्मान नै हाम्रो पहिचान हो।
जन्मुन् यहाँ हर्क, बालेन, कुलमान जस्ता सपुत,
हटून् यहाँ देश खोक्रो बनाउने ती कपुत।
न्याय र अन्याय छुट्याउन सबै सजग बनौं,
आफ्नोपन होइन, कर्तव्यबोध गर्नेहरूलाई सम्मान गरौं।
जीवन चलाउन गाह्रो छ देशमा सरकार,
युवाहरू भविष्य नदेखी गइरहेका छन् परदेशतिर बारम्बार।
अब उठ्नुपर्छ, जनतालाई पनि उठाउनुपर्छ,
भ्रष्टाचार रोक्न, देशलाई विकासको बाटोमा डो¥याउनुपर्छ।
स्वस्थ सोच भएका विद्यार्थीलाई किन विदेश पठाउँछौँ ?
राम्रो काम गर्छु भन्नेहरूलाई किन बारम्बार भुलाउँछौँ ?
गणतन्त्र आयो, तर त्यसको मूल्य के हो बुझेनौं,
देश र जनताको उन्नति भन्ने कुरा हामीले कहिल्यै सोचेनौं।
समानता, स्वतन्त्रता र न्यायको यो स्वर हो,
जनताको शक्ति र अधिकारको पहिचान हो।
नेपाली भएर गर्व गरौं, उच्च शिरले बाँचौं,
गणतन्त्रको रक्षा गर्न, सधैँ हामी एकजुट भइ जागौं।
प्रतिक्रिया