राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा दैलेखमा एक जना पक्राउ

राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा दैलेखमा एक जना पक्राउ

सुर्खेत -  राउटे समुदायका युवतीहरूमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले एक जनालाई दैलेखको आठविस नगरपालिकाबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालका अनुसार, गुडिरहेको ट्रकमा राउटे युवतीहरूलाई राखेर दुर्व्यवहार भइरहेको १५ सेकेण्डको भिडियो फेसबुकमा सार्वजनिक भएपछि खोजी सुरु गरिएको थियो। उक्त व्यक्ति इलाका प्रहरी कार्यालय राकम कर्णालीको टोलीले पक्राउ गरेको हो।

सोसक नेपालले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक भइनसकेको र थप अनुसन्धानका लागि उनलाई सुर्खेत पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया