ठाटीकाँधमा धुम्रपान र मद्यपान न्यूनीकरणका लागि जनचेतना कार्यक्रम

ठाटीकाँधमा धुम्रपान र मद्यपान न्यूनीकरणका लागि जनचेतना कार्यक्रम

विनोद थापा

ठाटीकाँध -  दैलेखको ठाटीकाँध गाउँपालिकामा धुम्रपान, सुर्तीजन्य पदार्थ तथा मद्यपान सेवन न्यूनीकरण सम्बन्धी सचेतनामूलक सचेतना कार्यक्रम गरिएको छ । 

दिगो विकास कृषि समाज मूल समिति र बहुद्देश्यीय सामुदायिक विकास सेवा संस्था (एमसिडिएस), ठाटीकाँध शाखाको सहजीकरणमा आयोजित कार्यक्रममा स्थानीय महिला समूहको डेउडा प्रस्तुती रहेको थियो भने बिजारे युवा क्लबले जनचेतनामूलक सडक नाटक प्रस्तुत गरेको थियो ।

कार्यक्रममा संस्था प्रमुख राजेन्द्र थापा मगरले धुम्रपान र मद्यपानले स्वास्थ्य मात्र होइन, आर्थिक हैसियत पनि बर्बाद गर्ने उल्लेख गर्दै भन्नुभयो, 'स्वच्छ जीवनशैली अपनाएर बचत गरेमा सो रकम शिक्षा, स्वास्थ्य र भविष्यमा लगानी गर्न सकिन्छ ।'

कार्यक्रमको उद्देश्य स्थानीय समुदायमा स्वस्थ जीवनशैलीको महत्व बुझाउनु, लतजन्य पदार्थको असरबारे चेतना फैलाउनु र दीर्घकालीन सकारात्मक व्यवहार परिवर्तन ल्याउनु रहेको आयोजकले जनाएका छन्।

प्रतिक्रिया