कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले शनिबार रुपन्देहीको बेलहियाबाट रायलाई पक्राउ गरेको हो ।

बाँके घर भएका राय २०७६ देखि २०७९ सम्म बैंकको सीईओका रुपमा कार्यरत थिए । यो बैंक २०६० सालमा खुलेको थियो । रायमाथि २ अर्ब ५० करोड रुपैयाँ अपचलन गरेको आरोप छ । बैंकमा भएको अपचलनको अनुसन्धान प्रक्रिया अघि बढेपछि उनी फरार भएका थिए ।

रायलाई ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले पक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया