बुद्धिजीवी परिषद्को अध्यक्षमा थपलिया

बुद्धिजीवी परिषद्को अध्यक्षमा थपलिया

काठमाडौँ –   नेपाल बुद्धिजीवी परिषद्को अध्यक्ष पदमा इञ्जिनियर गजेन्द्रप्रसाद थपलिया निर्वाचित हुनुभएको छ । 

गतराति सम्पन्न अधिवेशनले उहाँ सहित  ९९ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।  यसैगरी परिषद्को उपाध्यक्षमा गोविन्द्र शाही,सचिव डा अर्जुनकुमार सिंह चयन हुनुभएको छ । अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा मात्र निर्वाचन भएको जनाइएको छ । 

अधिवेशनले महिला उपाध्यक्षमा राधा अधिकारी, महासचिव दीपेन्द्र श्रेष्ठ, उपमहासचिव सुशील विक, विदेशी मामिला सचिव डा लाक्पा शेर्पा, प्रचार सचिव डा टीका ढकाल तथा आर्थिक सचिव कृष्णकुमार लम्साल सर्वसम्मत चयन गरेको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार परिषद्को ११औँ राष्ट्रिय अधिवेशनले उद्घाटन गर्नुभएको थियो । 

प्रतिक्रिया