भगवतीमाईमा दोस्रो नमूना युवा गाउँसभा अभ्यास

भगवतीमाईमा दोस्रो नमूना युवा गाउँसभा अभ्यास

दैलेख — दैलेखको भगवतीमाई गाउँपालिकामा दोस्रो नमूना युवा गाउँसभा अभ्यास सम्पन्न भएको छ । दोस्रो नमूना युवा गाउँसभा अभ्यास कार्यक्रम जेष्ठ १४ र १५ गते ससम्पन्न भएको हो । गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रम गाउँ युवा परिषद्को आयोजनामा, युवा क्लब सञ्जाल र राष्ट्रिय युवा परिषद्को समन्वय तथा युवालय र अक्सफाम इन नेपालको सहयोगमा सम्पन्न बताइएको छ ।

स्थानीय तहको शासन प्रणालीमा युवाको प्रत्यक्ष सहभागिता, नीतिनिर्माण प्रक्रियामा उनीहरूको आवाज समावेशीकरण, र लोकतान्त्रिक अभ्यासप्रति व्यवहारिक समझदारी अभिवृद्धि कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले बताएका छन् ।

कार्यक्रममा सहभागी युवाहरूले रु. ३९ करोडको बजेटसहित डेमो गाउँसभा अभ्यास प्रस्तुत गरेका थिए । श्री मोहन खड्का अध्यक्ष र निरुता सोनी उपाध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ । सातै वडाबाट प्रतिनिधित्व गर्दै युवाहरूले वडा अध्यक्ष तथा गाउँसभा सदस्यको भूमिकामा सक्रिय सहभागिता जरहेको थियो । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेश बहादुर थापा प्रमुख अतिथि रहनुभएको थियो भने सभाध्यक्षता युवा परिषद्का कार्यकारी उपाध्यक्ष राजेन्द्र अधिकारीले गगर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत नारायणजंग पाण्डे, वडा नं. ४ का अध्यक्ष देवलोक अधिकारी, प्रशिक्षक प्रकाश खड्का, शिक्षा प्रमुख मानबहादुर विश्वकर्मा, सामाजिक शाखा प्रमुख विकास जिसी, शिक्षक, बैंक प्रतिनिधि, युवा छायाँ सरकारका सदस्यहरू लगायत विविध क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कुल २६ जना सहभागी युवाहरूको जोश, नेतृत्व क्षमता र प्रस्तुतीकरणले कार्यक्रमलाई समावेशी, प्रेरणादायी र सफल बनाएको थियो । कार्यक्रम सञ्चालनयुवा क्लब सञ्जालका सदस्य भूपेन्द्र रेग्मीले गर्नुभएको थियो । कार्यक्रमका साझेदारमा गाउँ युवा परिषद्, पालिका स्तरीय युवा क्लब सञ्जाल, र विभिन्न सामाजिक संस्थाहरू रहेका थिए ।


 

प्रतिक्रिया