नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

काठमाडौँ – नबिल बैंक लिमिटेडले मनोज ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई आज (जेठ २२) देखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो ।
ज्ञवाली यसअघि कायममुकाय प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रहनुभएको थियो । उहाँले २०७७ साल साउनमा नायब महाप्रबन्धकको रूपमा नबिल बैंकमा प्रवेश गर्नुभएको थियो । त्यसपछि २०८१ साल पुसमा वरिष्ठ डेपुटी सीईओ पदमा पदोन्नति पाउनुभएका ज्ञवाली २०७९ साल चैत १३ गतेदेखि कार्यवाहक सीईओको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।
दैलेखमा जन्मिनुभएका ४४ वर्षीय ज्ञवालीसँग करिब २५ वर्षको बैंकिङ अनुभव रहेको छ । उहाँले नेपाल राष्ट्र बैंकमा ५ वर्ष काम गर्नुका साथै ग्लोबल आईएमई बैंकमा ७ वर्ष विभिन्न जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यसअघि २ वर्ष ज्योति विकास बैंकको नेतृत्व गर्दै सीईओको भूमिकामा पनि कार्य गर्नुभएको थियो।
प्रतिक्रिया