डाँडा स्कुलमा किशोरी लक्षित सरसफाई र स्वच्छता अभिमुखीकरण

डाँडा स्कुलमा किशोरी लक्षित सरसफाई र स्वच्छता अभिमुखीकरण

सुर्खेत –  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (डाँडा स्कुल) मा किशोरीहरूलाई लक्षित गरी सरसफाई सुविधा तथा स्वच्छता शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम  गरिएको छ।

एइआइएन लक्जेम्बर्गको साभेदारीमा सोसेक नेपालद्वारा सुर्खेतमा संचालित बिहानी परियोजनाको आोजना र डाँडा स्कुलको समन्वयमा सरसफाई सुविधा तथा स्वच्छता शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो । 

कार्यक्रममा किशोरीहरूलाई महिनावारीका बेला सरसफाईको महत्त्व, पौष्टिक खानपान, सेनेटरी प्याडको सही प्रयोग र व्यवस्थापन, महिनावारीसँग सम्बन्धित सम्भावित रोगहरू, व्यक्तिगत सरसफाई तथा मनोसामाजिक परामर्श सम्बन्धमा जानकारी दिइएको बिहानी परियोजनामा कार्यरत मनोविमर्शकर्ता सोलिना पाण्डेले जानकारी दिनुभयो  ।

उहाँका अनुसार अभिमुखीकरणमा सहभागी किशोरीहरूले यस्ता कार्यक्रमले आफूहरूमा जागरूकता बढाएको भन्दै भविष्यमा पनि निरन्तर यस्ता कार्यक्रम ल्याइदिन अनुरोध गर्नुभएको थियो  ।

कार्यक्रमले किशोरीहरूलाई स्वस्थ र स्वच्छ जीवनशैली अपनाउन उत्प्रेरित गर्नुका साथै उहाँहरूका व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया