भैरवीमा विविध कार्यक्रम गरि मनाइयो विश्व वातावरण दिवस

दैलेख – दैलेखको भैरवी गाउँपालिकामा विश्व वातावरण दिवस २०२५ विशेष कार्यक्रमका साथ मनाइएको छ । एईआइएन लक्जेमबर्गको साझेदारी सोसेक नेपालद्वारा भैरवीमा संचालित आधार परियोजनाको आयोजनामा भैरवी गाउँपालिका–७ स्थित भगवती आधारभूत विद्यालयमा विश्व वातावरण दिवस २०२५ मनाइएको हो ।
'प्लास्टिक प्रदूषण अन्त्य गरौं' भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विद्यालयमा गठन गरिएको भगवती बाल क्लबकी अध्यक्ष राधिका बराल मगरको अध्यक्षतामा बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रम अन्तर्गत विद्यालय वरिपरि सरसफाई गरिनुका साथै बालबालिकालाई सही तरिकाले हात धुने अभ्यास गराइएको थियो । सरसफाई र व्यक्तिगत स्वच्छतासम्बन्धी सचेतनामूलक गतिविधिहरूले विद्यार्थीमा स्वास्थप्रति सजगता बढाएको आधार परियोजना भैरवीले जनाएको छ ।
विद्यालय र समुदायस्तरमा प्लास्टिक प्रदूषणका विरुद्ध सचेतना फैलाउने उद्देश्यसहित सम्पन्न कार्यक्रमले वातावरण संरक्षणमा बालबालिकाको भूमिकालाई पनि उजागर गरेको सहभागीहरूको भनाइ छ।

श्रीकृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

बाँके–बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न सांसद ढकालको माग
रुपान्तरण कक्षाको लागि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरी बिच प्रतिस्प्रर्धा हुने

प्रतिक्रिया