चन्दनाथमा किशोरी लक्षित सरसफाई तथा स्वच्छता शिक्षा तालिम सम्पन्न

चन्दनाथमा किशोरी लक्षित सरसफाई तथा स्वच्छता शिक्षा तालिम सम्पन्न

जुम्ला –  जुम्लाको  चन्दनाथ नगरपालिका वडा नम्बर – ८ स्थित भैरव माध्यमिक विद्यालयमा किशोरी लक्षित सरसफाई सुविधा तथा स्वच्छता शिक्षा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ। एईआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा जुम्लामा संचालित बिहानी परियोजनाको आयोजनामा  अभिमुखीकरण तालिम सम्पन्न गरिएको हो । 

तालिममा विद्यालयमा अध्ययनरत किशोरीहरूलाई व्यक्तिगत सरसफाईमा, स्वच्छता व्यवहार, महिनावारी व्यवस्थापन र स्वस्थ जीवनशैलीबारे जानकारी दिइएको थियो  । कार्यक्रममा प्रशिक्षकहरूले किशोरीहरूलाई आत्मविश्वासका साथ विद्यालय जीवन बिताउन सक्ने वातावरण निर्माणमा स्वच्छता र सरसफाईको महत्त्वबारे सचेत गराए ।

विद्यालय प्रशासनको समन्वय र स्वास्थ्य तथा सरसफाइमा काम गरिरहेका संस्था तथा व्यक्तिहरुको सहकार्यमा आयोजित तालिममा विद्यार्थीको सक्रिय सहभागिता देखिएको थियो । कार्यक्रमले किशोरीहरूमा स्वच्छता सम्बन्धी व्यवहार परिवर्तनका लागि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया