प्रमुख प्रतिपक्षले अवरोध गरेपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

प्रमुख प्रतिपक्षले अवरोध गरेपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभाको सोमबारको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले अवरुद्ध गरेपछि स्थगित भएको छ । माओवादी सांसदहरूले बजेट निर्माणमा योजना छनोट प्रक्रिया अपारदर्शी भएको भन्दै संसद अवरुद्ध गरेका हुन् ।

सांसद विन्दमान विष्टले योजना बैंकमा इन्ट्री भएका योजनाको आधार, प्रक्रिया र पारदर्शिता प्रश्नमा उठाउँदै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए । 'तिथि बसाल्ने सरकारको कदममा प्रतिपक्षको समर्थन छ, तर जिल्लाका जेष्ठ सांसदमार्फत सिफारिस भएको योजना प्रणालीको विरोध गर्छौं,'  विष्टले भन्नुभयो   ।

सांसदहरूले चित्तबुझ्दो जवाफ नआएसम्म संसद चल्न नदिने अडान लिएपछि सभामुख नन्दा गुरुङले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको हो  ।

प्रतिक्रिया