क्यान्सरसँग लडिरहेका कुलबहादुरको जीवन बचाउन अपिल

क्यान्सरसँग लडिरहेका कुलबहादुरको जीवन बचाउन अपिल

भैरवी –  दैलेखको भैरवी गाउँपालिका–१ रावतकोट गैराखाडीका २७ वर्षीय कुलबहादुर सुनार गला क्यान्सरसँग ज्यानको लडाइँ लडिरहनुभएको छ ।  कामको सिलसिलामा भारतको गुजरात गएका कुलबहादुर एक्कासी क्यान्सरको शिकार बनेपछि घर फर्कन बाध्य हुनुभयो ।

घरको आर्थिक अवस्था दयनीय भएका कुलबहादुरको छाति चिरेर मासु प्रत्यारोपण गरिएको भए पनि किमोथेरापी खर्च थेग्न नसक्दा हाल उपचार रोकिएको छ। कमाउने उमेरमै रोगले थलिएका कुलबहादुर अहिले बुढा बुबा, श्रीमती र नाबालक छोराको सहारामा घरमै जीवन र मृत्युको छटपटीमा रहेको बताउनुभयोे । 

घरपरिवारसँगै छिमेकीहरूले समेत सानो सहयोगले उहाँको जीवन बचाउन सकिने भन्दै सहयोगी हातहरू अघि बढाउन अपिल गरेका छन् । आफन्त भन्छन्, “धर्म कमाउन मन्दिर जानु होइन, यस्तो पिडामा परेकालाई सहयोग गर्नु नै सच्चा पुण्य हो ।”

प्रतिक्रिया