कर्णाली नदी आसपास विपद् व्यवस्थापनको कृतिम अभ्यास

गुराँस – दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुङ्गेश्वरस्थित कर्णाली नदी किनारमा विपद् व्यवस्थापनको कृतिम अभ्यास सम्पन्न गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्ष निकाय तथा नेपाल रेडक्रस सोसाइटीको संयुक्त समन्वयमा आयोजित अभ्यासले संभावित बाढी तथा अन्य प्राकृतिक विपद्का बेला खोज, उद्धार तथा सुरक्षाका उपायहरू प्रदर्शन गरिएको हो ।
कार्यक्रममा गुराँस गाउँपालिका अध्यक्ष टोपबहादुर बिशीले विपद् जोखिम न्यूनीकरणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । नेपाल रेडक्रसका जिल्ला सभापति निर्जनकुमार खत्रीले मनसुन पूर्वको तयारी स्वरूप यस्तो अभ्यास प्रभावकारी हुने उल्लेख गर्दै पूर्वतयारीमा जोड दिनुभयो ।
दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर थापाले यस्ता अभ्यासले विपद्को बेला नागरिक सुरक्षामा स्थानीयको भूमिका स्पष्ट गर्ने बताउनुभयो । अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस स्वयंसेवक, जनप्रतिनिधि र स्थानीय समुदायको सक्रिय सहभागिता थियो।
प्रतिक्रिया